ब्राजिलमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या चार लाख ५० हजार नाघ्यो

काठमाडौं । जेठ १२, कोरोना भाइरसको संक्रमणबाट ब्राजिलमा ज्यान गुमाउनेको संख्या चार लाख ५० हजार नाघेको त्याहाँका स्वास्थ्य मन्त्रालयद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।
गत २४ घण्टामा कोरोना संक्रमणको कारण दुइ हजार १७३ जनाको मृत्यु भएपछि ब्राजिलमा कोरोनाबाट मृत्यु हुने संख्या चार लाख ५२ हजार ३१ जना पुगेको छ ।
गत २४ घण्टामा ब्राजिलमा ७३ हजार ४५३ जना थप व्यक्तिमा कोरोना संक्रमण भएपछि संक्रमितको संख्या एक करोड ६१ लाख ९४ हजार २०९ जना पुगेको छ भने १ करोड ४६ लाख मानिस कोरोना मुक्त भएका छन् ।