बढ्यो सुनको मूल्य बढ्यो

सहयात्रा टिभी

काठमाडौं । जेठ १३, नेपाली बजारमा सुनको मूल्य आज बढेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य तोलामा ९३ हजार ५ सयमा कारोबार भएकोमा आज तोलामा सात सयले बढेको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार २ सय रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ७ सय रहेको छ ।

यता, चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदीको मूल्य तोलामा १३५० रहेको महासंघले बताएको छ ।

 

प्रकाशित : 27 May, 2021

प्रतिक्रिया दिनुहोस्