नेप्सेद्धारा हिमालयन जनरल इन्स्योरेन्सको शेयरमूल्य समायोजन

सहयात्रा टिभी

काठमाडौं । जेठ १३, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले बिहीवार हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयरमूल्य समायोजन गरेको छ ।

कम्पनीले प्रस्ताव गरेको ३ प्रतिशत बोनस शेयर प्रयोजनका लागि कम्पनीको शेयरमूल्य समायोजन गरीएको हो ।

कम्पनीको मंगलवार कायम अन्तिम मूल्य रू ७६६ को आधारमा ३ प्रतिशत बोनस शेयरपछिको मूल्य रू ७४४ तोकेको हो ।

समायोजन पछि शेयर खरिद गर्ने लगानीकर्ताहरुले यस वर्ष कम्पनीले प्रस्ताव गरेको कुल ३ दशमलव ७५ प्रतिशत लाभांश भने नपाउने भएका छन्।

कम्पनीको लाभांश जेठ ११ गते मंगलवारसम्म कायम शेयरधनीहरुले मात्र पाउने भएका छन् । कम्पनीले प्रस्तावित लाभांश सहित विविध प्रस्ताव पारित गर्न जेठ २८ गते २७औं वार्षिक साधारण बोलाएको छ । उक्त सभा प्रयोजनका लागि जेठ १३ गतेदेखि जेठ २८ गतेसम्म बुक क्लोज गर्ने मिति तय गरेको छ ।

कम्पनीले आर्थिक वर्ष ०७६/७७ को सञ्चित मुनाफाबाट ३ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत ३ दशमलव ७५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । कम्पनीले हाल कायम चुक्तापूँजी रू १ अर्ब ६ करोड ८२ लाख ८८ हजारको आधारमा उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

गत वर्ष ४ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत ३ दशमलव ७५ प्रतिशत नगद लाभांश सहित ७ दशमलव ७५ प्रतिशत लाभांश दिएको कम्पनीले यस वर्ष १ प्रतिशत कम लाभांश दिन लागेको हो ।

प्रकाशित : 27 May, 2021

प्रतिक्रिया दिनुहोस्