नाइजेरियामा डुंगा दुर्घटनामा परी १ सय ३० भन्दा बढी बेपत्ता
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । जेठ १३, नाइजेरियामा खचाखच यात्रु बोकेको डुंगा डुब्दा कम्तिमा एकजनाको मृत्यु भएको छ भने १ सय ३० जनाभन्दा बढी हराईरहेका छन् ।
नाइजेरियाको उत्तरपश्चिम किब्बी राज्यमा हावाहुरीका कारण डुंगा डुबेको स्थानीय अधिकारीहरुले बताएका छन् । सेन्ट्रल स्टेट अफ नाइजरबाट नाइजर नदी हुँदै किब्बीस्थित वारा बस्तीका लागि हिँडेको डुंगा दुर्घटनामा परेको हो ।
झन्डै १ सय ६० जना यात्रुहरु यस डुंगामा सवार रहेको र त्यसमध्ये १ जना मृत तथा २२ जनाको जीवितै उद्धार भएको स्थानीय अधिकारी अब्दूल्लाही बुहारी वाराले बताए ।