मोबाइल भ्यानद्धारा तपाईको घर–घरमा खाद्यान्न

काठमाडौं । जेठ १३, शाल्ट ट्रेडिंङ कर्पोरेशन र नेपाल खाद्य व्यापार कम्पनीले दैनिक उपभोग्य वस्तुको होम डेलिभरी गर्ने भएको छ ।
राष्ट्रिय उपभोक्ता मन्चका अनुसार दाल, चामल, तेल, चिनी , चिउरा, नून, तेल, चामल, च्यूरा र चिनी लगायतका दैनिक उपभोग्य वस्तुहरू मोवाइल भ्यान मार्फत बिक्रि बितरण गर्ने गर्ने निर्णय गरेको बताईएको छ भने अत्यवाश्यक खाद् वस्तु आवश्यक परेमा हटलाइन नम्बरमा कल गर्ने, होम डेलिभरीको व्यवस्था गर्ने निर्णय पनि गरीएको छ ।
प्रमुख जिल्ला अधिकारीहरुसँगको बैठकपछि मञ्चले खाद्यान्न खरिद गर्न असहज हुने अवस्थालाइ ध्यानमा राखी भोली जेठ १४ गते देखि नै उपत्यकाका सबै स्थानीय वडाहरूमा समेत पुग्नेगरी मोबाइल भ्यान मार्फत् दैनिक उपभोग्य वस्तुको व्यवस्था गर्ने बताएको छ ।