जिनेदिन जिदानले रियल मड्रिड छाड्ने

सहयात्रा टिभी

काठमाडौं । जेठ १३, जिनेदिन जिदानले स्पेनिस क्लब रियल मड्रिडको प्रशिक्षक पद छाड्ने भएका छन् ।

दोस्रो पटक रियलको प्रशिक्षकको रुपमा काम गरेका फ्रान्सेली प्रशिक्षक जिदानले एक ला लिगा र एक स्पेनिस सुपर कप जितेर क्लब छाड्न लागेका हुन् ।

खेलाडी स्थानान्तरणबारे सूचना सार्वजनिक गर्ने फाब्रिजिओ रोमानोका अनुसार रियलले यस सिजन कुनै उपाधि जित्न नसकेपछि जिदानले क्लब छाड्न लागेका हुन् । ला लिगामा छिमेकी प्रतिद्वन्दी एट्लेटिको मड्रिडभन्दा पछि रहँदै रियल दोस्रो भएको थियो ।

जिदानले आफूले क्लब छाड्ने जानकारी क्लबका निर्देशक र टोलीका केही खेलाडीलाई दिएको स्पेनिस पत्रिका एएसले जनाएको छ । एजेन्सीको साथमा ।

प्रकाशित : 27 May, 2021

प्रतिक्रिया दिनुहोस्