कोरोना अपडेट: थप ६ हजार ९३९ जना संक्रमित, १०६ जनाको मृत्यु

सहयात्रा टिभी

काठमाडौं । जेठ १३, नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ९३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालभरका विभिन्‍न प्रयोगशालामा गरिएको २० हजार ४१४ जनाको पीसीआर परीक्षणमा ६ हजार ७३१ र ५७८ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २०८ जना गरी कुल ६ हजार ९३९ जना कोरोना संक्रमित थपिएका हुन् ।

त्यस्तै २४ घण्टामा कोरोना संक्रमणबाट थप १०६ जनाको मृत्यु भएको छ भने देशभरका विभिन्न अस्पतालबाट ७ हजार २२६ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख गरीएको छ ।

प्रकाशित : 27 May, 2021

प्रतिक्रिया दिनुहोस्