तीन दिनसम्म गणतन्त्र दिवस मनाइने

सहयात्रा टिभी

कञ्चनपुर । जेठ १४, कञ्चनपुरमा जेठ १४, १५ र १६ गते गरी तीन दिनसम्म गणतन्त्र दिवस भव्यताका साथ मनाइने भएको छ ।

गणतन्त्र दिवसका आवसरमा जिल्लास्थित सबै सरकारी, सार्वजनिक कार्यालय एवं सामुदायिक सङ्घसंस्थाले राष्ट्रिय झण्डा एवं ब्यानर सजाइ कार्यालय र परिसरको सरसफाइ गर्ने कार्यक्रम तय गरिएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रशासकीय अधिकृत कृष्णनन्द जोशीले जनाए ।

जिल्लाभित्र रहेका धार्मिक, सांस्कृतिक सम्पदास्थलको सरसफाइसहित सौन्दर्यीकरण अभिवृद्धि गर्ने कार्य गरिने छ । सरकारी तथा सार्वजनिक निकायका कार्यालय सार्वजनिक महत्वका सम्भाव्यस्थलमा दीप प्रज्ज्वलन तथा जिल्लावासी आमनागरिकले घरघरमा साँझ दीपावली गरिने छ । गणतन्त्र दिवसका सन्दर्भमा सरकारी, गैरसरकारी तथा सामुदायिक सङ्घसंस्थाले भर्चुअल विद्युतीय माध्यमबाट रचनात्मक, सिर्जनात्मक, सन्देशमूलक जनचेतनामूलक कार्यक्रम गर्ने व्यवस्था गरिएको छ ।

 

प्रकाशित : 28 May, 2021

प्रतिक्रिया दिनुहोस्