निषेधाज्ञामा कडाइ: बिहानैदेखि कारवाही शुरु (फोटो फिचर)

काठमाडौं । जेठ १४, काठमाडौं उपत्यकामा निषेधाज्ञालाई शुक्रबारदेखि थप कडा गरीएको छ ।
काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको मंगलबार बसेको संयुक्त बैठकले काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई थप कडा बनाउने निर्णय गरेको थियो ।
आज बिहानैदेखि अत्यावश्यक कामबाहेक हिँडडुल गर्नेहरुलाई होल्डमा राखिएको छ भने अनुमति बेगर सवारी चलाउनेहरुमाथि पनि कारवाही शुरु गरिएको छ ।
उपत्यकामा वैशाख १६ देखि निषेधाज्ञा जारी छ । प्रमुख जिल्ला अधिकारीहरुको मंगलबारको बैठकले जारी निषेधाज्ञालाई थप कडा पारेर जेठ २० गते मध्यरातसम्म लम्ब्याउने निर्णय गरेको थियो ।