बाटोमा पैसा भेटिए के गर्नुहुन्छ ? टिप्ने कि नटिप्ने ?

सहयात्रा टिभी

काठमाडौं । जेठ १४, बाटोमा पैसा भेटियो भने जो कोहि पनि खुशी अवश्य हुन्छन् । तर के तपाईलाई थाहा छ वाटोमा पैसा भेटाउनुको गहिरो रहस्य ?

ज्योतिर्विद सूरज मिश्राले वाटोमा पैसा भटिनुको के मतलव हुनसक्छ स्पष्ट बताउनु भएको छ ।

तपाई वाटोमा हिद्दा हिद्दै कही धन प्राप्ती भयो भने यसको मतलव सफलताको संकेत हुन सक्छ । भगवानले तपाई सफलताको अगाडी वढ्दै हुनुहुन्छ र ईश्वर तपाईको साथमा छ भन्न खोजेको हो । यसरी अचानक धन वा पैसा प्राप्ती पछि तपाईले संयमले काम लिन जरुरी हुन्छ किनकी अचानक धन प्राप्ती हुनु ईश्वरले तपाईको दायित्व र कर्तव्यको परिक्षा लिएको संकेत हुन सक्छ ।

यो भन्दा वाहेक वाटोमा अचानक प्राप्त गरेको धन वा पैसा अर्थ आफ्नो पुर्खासँग पनि जोडेर हेर्ने गरेको छ । यसको मध्यमवाट तपाईको पुर्खा जान्न चाहन्छ की आउने समयमा तपाई उक्त धनलाई कसरी कुन कामकोलागि उपयोग गर्नुहुन्छ ।

सडकमा पैसा भेटिनु सही अर्थमा तपाईको परिक्षा हो । यो परिक्षा तपाईले एक व्यवस्थित रुपमा पार गर्नु पर्ने हुन्छ । तपाईले प्राप्त गरेको धनको केही हिस्सा आवश्यक परेको व्यक्तिलाई दिनु पर्छ । केही धन मन्दिरमा भगवानलाई अर्पण गर्नु पर्छ र केही धन आफ्नो खराव समयको लागि राख्नु पर्छ ।

यसरि अचानक भेटिएको धन वा पैसा दैनिक कामको लागि प्रयोग गर्नु हुदैन । यसरी प्राप्त गरेको धन वा पैसा आफ्नो मोजमस्तीमा प्रयोग गरे कुनै न कुनै वेला तपाईले नोक्सान व्यहोर्नु पर्ने हुन सक्छ ।

त्यसै गरि धन वा पैसा गुमाउनु राम्रो मानिन्दैन । हराएको धनवाट ईश्वरले तपाईको धैर्यको परिक्षा लिएको हुन्छ । जस्तो की धन गुमाउँदा व्यक्तिले के गर्छ ? के उसले यसको लागि कसैलाई दण्ड दिन्छ ? के उ ईश्वरको शरणमा जान्छ या उ फेरी धन आर्जन गर्ने प्रयास गर्छ ? धन गुमाउनाले नै व्यक्ति आफ्नो दायित्वको वोध गर्ने हुन्छ । एजेन्सीको साथमा ।

 

 

प्रकाशित : 28 May, 2021

प्रतिक्रिया दिनुहोस्