कोरोना अपडेटः विश्वमा थप ५ लाख १६ हजार बढीमा कोरोना संक्रमण

काठमाडौं । जेठ १६, हाल विश्वमा पछिल्लो २४ घण्टामा थप ५ लाख १६ हजार २१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
विश्वमा कुल संक्रमितको संख्या १६ करोड ९१ लाख १८ हजार ९९५ जना पुगेको छ भने संक्रमणका कारण विश्वमा पछिल्लो २४ घण्टामा थप ११ हजार ६८२ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
योसंगै ज्यान गुमाउनेको संख्या ३५ लाख १९ हजार १७५ पुगेको छ ।