कस्तो रहला आजको मौसम ?

सहयात्रा टिभी

काठमाडौं । जेठ १६, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ ।

आज देशमा पश्चिमी वायुको प्रभाव रहेको महाशाखाले जनाएको छ ।

उक्त प्रभावका कारण हाल गण्डकी, कर्णाली तथा सुदुरपश्चिम प्रदेशका भूभागहरुमा आंशिकदेखि सामान्य बदली भइरहेको छ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

त्यस्तै, आज दिउँसो प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशका भू–भागहरुमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

त्यस्तै, राति बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, र कर्णाली प्रदेशका भू–भागहरुमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

 

 

 

 

 

 

प्रकाशित : 30 May, 2021

प्रतिक्रिया दिनुहोस्