थाइल्यान्डका राजाले नेपाललाई स्वास्थ्य सामग्री पठाए

काठमाडौं । जेठ १६, थाइल्यान्डका राजा महा भाजिरालङकर्णलेले विशेष जहाजमार्फत् नेपाललाई कोरोनाभाइरस विरूद्ध लड्न नेपाललाई स्वास्थ्य सामग्री पठाएका छन्।
स्वास्थ्य सामग्री बोकेको उक्त जहाज आइतबार बिहान काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेको परराष्ट्र मन्त्रालयले बताएको छ। विमानस्थलमा स्वास्थ्य मन्त्री त्रिपाठीसँगै परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ पनि पुगेका थिए।
थाइल्यान्डका राजाले सर्जिकल मास्क, पिपिपई सेट, फेस सिल्ड, र्यापिड एन्टिजेन टेष्ट किट, अक्सिमिटर स्वास्थ्य सामग्री पठाएका हुन् भने सहयोगका लागी मन्त्री त्रिपाठीले नेपाल सरकारको तर्फबाट थाई नरेशलाई धन्यवाद दिएका थिए।