सुनको मूल्य बढ्यो

सहयात्रा टिभी

काठमाडौं । जेठ १७, नेपाली बजारमा साताको कारोबारको दोश्रो दिन (सोमबार) सुनको मूल्य बढेको छ ।

आइतबार प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज २ सय रुपैयाँले बढेर ९४ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

आज तेजाबी सुन प्रतितोला ९३ हजार ७०० रुपैयाँ कायम भएको छ । यता चाँदी भने सोमबार पनि प्रतितोला ५ रुपैयाँले बढेर प्रतितोला एक हजार ३ सय ६० रुपैयाँ कायम भएको महासंघले बताएको छ ।

प्रकाशित : 31 May, 2021

प्रतिक्रिया दिनुहोस्