यार्सा सङ्कलनमा गएकी एक महिलाको मृत्यु

सहयात्रा टिभी

काठमाडौं । जेठ १७, अपी हिमाल गाउँपालिका–५ का एक महिलाको यार्सागुम्बा सङ्कलनका क्रममा ४० वर्षीया चुन्धरी धामीको मृत्यु भएको छ ।

त्यस्तै यार्सागुम्बा सङ्कलनका लागि गत वैशाखमै पाटन पुगेकी धामीको पेट दुख्ने समस्या थियो । दुई–तीन दिनसम्म पेट दुख्न निको नभएपछि मृत्यु भएको आफन्तले जनाएका छन् । मृतकको शवलाई आइतबार घर ल्याइएको छ ।

मृतकका दुई छारा र दुई छोरी छन् । यसअघि अपी हिमाल गाउँपालिका–४ का एक मोहनसिंह ठेकरेको पनि यार्सागुम्बा सङ्कलनका क्रममा हिउँ पहिरामा परी मृत्यु भएको थियो ।

प्रकाशित : 31 May, 2021

प्रतिक्रिया दिनुहोस्