केपी ओली प्रचण्ड माधव नेपाल एमाले


अबदेखि चीनियाँ दम्पतीले तीन बच्चा जन्माउन पाउने

सहयात्रा टिभी

काठमाडौं । जेठ १७, अबदेखि चीनमा एक दम्पतीले तीन जनासम्म बच्चा जन्माउन सक्ने घोषणा गरीएको छ।

सोमवार पोलिटब्यूरो बैठकमा राष्ट्रपति सी जिन्पिङले सो नीतिलाई स्वीकृत गरेका सिन्ह्वा समाचार संस्था जनाएको छ ।

त्यस्तै उक्त निर्णय १० वर्षको फरकमा गरिने हालैको जनगणनामा चीनको जनसङ्ख्या वृद्धिदर केही दशकमै सबैभन्दा कम भएको पाइएपछि गरिएको हो।

यो महिनाको सुरुमा सार्वजनिक गरिएको चीनको जनगणनामा गत वर्ष एक करोड २० लाख बच्चा जन्मिएको थियो भने यो सङ्ख्या सन् २०१६ को एक करोड ८० लाखभन्दा कम हो र सन् १९६० को दशकयता सबैभन्दा कम हो।

त्यस्तै चीनमा सन् १९८० देखि सन् २०१५ सम्म एक जोडीले एक जना बच्चामात्रै जन्माउन पाउने नीति थियो र सन् २०१६ को सुरुदेखि दुई बच्चासम्म जन्माउन पाउने गरिएको थियो।

स्रोत: बीबीसी

प्रकाशित : 31 May, 2021

प्रतिक्रिया दिनुहोस्