आज सेयर बजारमा ४५ अंकको गिरावट

सहयात्रा टिभी

काठमाडौं । जेठ १७, आज(सोमबार) नेप्से सूचक ४५.२५ अंकले घटेर २७८२.६८ विन्दुमा आइपुगेको छ ।

त्यस्तै २१८ कम्पनीको ३ करोडभन्दा बढी कित्ता सेयर कारोबार भएको छ भने आज १३ अर्ब ९० करोड ९१ लख बराबरको सेयर कारोबार भएको हो ।

खरिदबिक्री रकममा राधी हाइड्रोपावर अगाडी छ । यसको ९० करोड ७० लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ भने दोस्रोमा लुम्बिनी विकास बैंक र तेस्रोमा एचआइडीसीएल परेका छन् ।

म्युचुअल फन्डबाहेक बाँकी सबै समूहको सूचक घटेको छ ।आज म्यूचुअल फण्ड बाहेक सबै समुहमा गिरावट आएको हो । सबैभन्दा धेरै हाइड्रोपावर समूहमा गिरावट आएको छ ।

प्रकाशित : 31 May, 2021

प्रतिक्रिया दिनुहोस्