आन्तरिक मूल्यांकनद्धारा एसईई परीक्षा सम्पन्न गराउन शिक्षा मन्त्रालयको प्रस्ताव

सहयात्रा टिभी

काठमाडौं । जेठ १७, माध्यमिक शिक्षा परीक्षा (एसईई) आन्तरिक मूल्यांकन विधि अनुसार गराउने प्रस्ताव शिक्षा मन्त्रालयले मन्त्रिपरिषदमा लैजाने निर्णय गरेको छ ।

‘मन्त्रालयको बैठकले आन्तरिक मूल्यांकन विधि अर्थात् गत वर्षकै विधि अनुरुप गराउने प्रस्ताव मन्त्रिपरिषदलाई पठाउने निर्णय गरेको छ,’ शिक्षामन्त्रीका प्रेस संयोजक ईश्वरराज ढकालले भने ।

गत वर्ष विद्यालयको प्रधानाध्यापक, कक्षा शिक्षक र अनुभवी शिक्षक गरी तीन सदस्यीय मूल्यांकन समिति गठन गरी पहिलो त्रैमासिक अवधिको मूल्यांकन १० प्रतिशत, दोस्रो त्रैमासिक अवधिको मूल्यांकन ३० प्रतिशत र शैक्षिक सत्रको अन्त्यसम्ममा निर्धारित सबै विषयवस्तु मूल्यांकन भएको थियो ।

मूल्यांकनको विवरण तयार गर्न राष्ट्रिय परीक्षा बोर्डले एसईई कक्षा १० को मूल्यांकन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७७ जारी गरेको थियो ।

त्यसअनुसार मूल्यांकन समितिले राष्ट्रिय परीक्षा बोर्डले तोके अनुरुप विद्यार्थीको प्राप्ताङ्क शिक्षा विकास तथा समन्वय इकाईमा बुझाएपछि सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाईहरुले उक्त विवरण राष्ट्रिय परीक्षा बोर्डमा पठाएको थियो । एजेन्सीको साथमा ।

 

प्रकाशित : 31 May, 2021

प्रतिक्रिया दिनुहोस्