उपत्यकाका सिडिओहरुको बैठक आज बस्दै, कस्तो होला निषेधाज्ञाको मोडालिटी ?

काठमाडौं । जेठ १८, आज दिउँसो ३ बजे काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरु (सिडिओ) को बैठक बस्ने भएको छ ।
सो बैठकमा निषेधाज्ञाका मोडालिटी परिवर्तन गर्नेबारे निर्णय हुने बताइएको छ । काठमाडौंका सिडिओ कालिप्रसाद पराजुली, भक्तपुरका सिडिओ प्रेम प्रसाद भट्टराई र ललितपुरका सिडिओ ढुण्डीप्रसाद निरौला सहभागी बैठकमा बन्द गरिएको किराना पसल र डिपार्टमेन्ट स्टोर खुल्ला गर्ने तयारी गरिएको बताईएको छ ।
त्यस्तै सार्वजनिक निर्माण पनि खुल्ला गर्ने प्रशासनको तयारी छ । जेठ १४ मा थप गरिएको निषेधाज्ञाको समय दुई दिन बाँकी छ । बैठकले निषेधाज्ञाको समय थप गर्ने जनाएको छ भने निषेधाज्ञा तत्काल खुल्ला गर्ने अवस्था नआएको प्रमुख जिल्ला अधिकारीहरुले निष्कर्ष निकालेका छन् ।