केपी ओली प्रचण्ड माधव नेपाल एमाले


भारतमा पछिल्लो २४ घण्टामा १.२६ लाख संक्रमित भेटिए, अपडेट सूचीसहित

सहयात्रा टिभी

काठमाडौं । जेठ १८, भारतमा कोरोनाको संक्रमणको लहर कम हुँदै गइरहेको छ ।

भारतमा पछिल्लो २४ घण्टामा एक लाख २६ हजार ६४९ मानिसहरुको कोरोना रिपोर्ट पोजेटिभ आयो भने २ लाख ५४ हजार ८७९ मानिसहरुले कोरोना जिते ।

यसैबीच मृत्युको आँकडामा पनि कमी आउन थालेको छ । करिब ३५ दिनपछि सोमबार दैनिक मृत्युको आँकडा ३ हजारभन्दा कम आएको छ । यतिबेला २,७८१ संक्रमितको मृत्यु भयो । यसअघि २६ अप्रिलमा २,७६२ जनाको ज्यान गएको थियो ।

कोरोना महामारी आँकडामाः

पछिल्लो २४ घण्टामा भेटिएका कूल संक्रमितः १.२६ लाख

पछिल्लो २४ घण्टामा कूल निको भएकाः २.५४ लाख

पछिल्लो २४ घण्टामा कूल मृत्युः २.७८१

हालसम्म कूल संक्रमित भइसकेकाः २.८१ करोड

हालसम्म निको भएकाः २.५९ करोड

हालसम्म कूल मृत्युः ३.३१ लाख

हाल उपचार गराइरहेका बिरामीको कूल संख्याः १८.९० लाख
एजेन्सीहरुको साथमा ।

 

प्रकाशित : 1 June, 2021

प्रतिक्रिया दिनुहोस्