हिमालय एअरलाइन्सद्धारा नि:शुल्क खोप ढुवाँनी

सहयात्रा टिभी

काठमाडौं । जेठ १८, हिमालय एअरलाइन्सले तिव्वत सरकारले नेपाललाई अनुदान सहयोग स्वरुप प्रदान गरेको दुई लाख डोज भेरोसेल खोप निशुल्क ढुवाँनी गरेको छ ।

त्यस्तै एअरलाइन्सले जेठ १८ र १९ गते गरी तिव्वतको कुनमिङ्ग शहरमा चार पटक उडान गरी ती खोपहरु ढुवाँनी गर्ने कम्पनीले जनाएको हो । एक उडानमा एयरबस जहाजले अधिकतम् १०५ वटा खोपका बाकसहरु बोक्नेछ । ती उडानहरुले भेरोसेल खोपका २ लाख डोजका जम्मा ४१७ वटा बाकसहरु निःशुल्क ढुवाँनी गर्ने भएको हो ।

निःशुल्क कार्गो उडान सञ्चालन गर्दा एअरलाइन्सले दुई करोड २५ लाख रुपैयाँ बराबरको आर्थिक योगदान गरेको कम्पनीका उपाध्यक्ष विजय श्रेष्ठले जनाए ।

प्रकाशित : 1 June, 2021

प्रतिक्रिया दिनुहोस्