घरेलु उपायबाट लामखुट्टेलाई यसरी भगाउनूस्

सहयात्रा टिभी

काठमाडौं । जेठ १८, गर्मि यममा लामखुट्टेको टोकाइबाट विभिन्न रोग फैलनुका साथै अन्य खतरा पनि निम्तिन सक्छ ।

लामखुट्टेबाट छुटकारा पाउन विभिन्न किसिमका धूप र ‘लिक्विड’हरूको प्रयोग गर्ने गरिन्छ जसमा केमिकल हुन्छ । यी केमिकलले केही समयको लागि लामखुट्टेलाई भगाएपनि यसको प्रयोगले धेरैजसोलाई एलर्जी र अन्य विभिन्न समस्याहरू हुने गर्दछ । यसरी घरेलु उपाएबाट लामखुट्टे सजिलै भगाउन सकिन्छ।

कपुर–पानी

कपुर र पानी प्रयोग गरेर लामखुट्टे भगाउन सक्नुहुन्छ जसका लागि दुई टुक्रा कपुर एक चौथाई कप पानीमा हाल्नु भयो भने जादूझै लामखुट्टे भगाउन सक्नुहुन्छ ।

कागती–ल्वाङ

कागती र ल्वाङको गन्धलाई लामखुट्टेले मन पराउदैनन् । त्यसैले दुईवटा कागतीलाई बीचबाट काटेर प्रत्येक टुक्राको भित्र ५ देखि ६ वटा ल्वाङ राख्नुहोस् अनि एउटा प्लेटमा लगेर आफ्नो कोठामा राख्नुहोस् ।

नीमको–तेलमा

नीमलाई प्राकृतिक औषधिका रूपमा लिइन्छ र यसमा एन्टीब्याक्टेरियल गुणहरू पाइन्छ । अध्ययन अनुसार नीमको तेलमा अन्य केमिकलयुक्त धूपमा भन्दा दश गुणा बढी लामखुट्टे मार्नसक्ने शक्ति हुन्छ । यसको प्रयोगले स्वास्थ्यमा कुनै प्रकारको असर हुँदैन ।

तुलसी, पानी र भोड्काको आयुवेर्दिक स्प्रे

लामखुट्टे भगाउने क्रिमहरु प्रयोग गर्नुहुन्छ र ? यसलाई छाडिदिनुहोस् । अब तपाईं आफैं घरेलु प्रविधिबाट लामखुट्टे भगाउने स्प्रे बनाउन सक्नुहुन्छ । यसका लागि तुलसी, पानी र भोड्का जस्ता घरमै उपलब्ध हुने सामग्रीहरु चाहिन्छन् । पहिला तुलसी र पानी उमाल्नुहोस् र तुलसीलाई राम्रोसँग निचोरेर आएको पानीलाई एउटा सफा बोतलमा राख्नुहोस् ।

प्रकाशित : 1 June, 2021

प्रतिक्रिया दिनुहोस्