४ देशमा नियमित अन्तर्राष्ट्रिय उडान हुने

काठमाडौं । जेठ १८, सरकारले चीन, कतार, टर्की र भारतमा गरी ४ देशमा नियमित अन्तर्राष्ट्रिय उडान गर्ने निर्णय गरेको छ ।
यसअघि एयर बबल अन्तरगत भारतमा हप्तामा दुई उडान हुँदै आएको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक राजकुमार क्षेत्रीले टर्किस एयरलाइन्सले बिहीबार उडानको अनुमति पाइसकेको जनाए ।
चीनको एक एयरलाइन्स र नेपालको हिमालय एयरलायन्सले चीनमा नियमित उडान गर्न पाउनेछन् भने दोहामा कतार एयरलाइन्स र नेपाल एयरलाइन्सले हप्ताको एउटा उडान गर्नेछन्।