आँखा बिगार्न सक्ने डरलाग्दो कालो ढुसीका लक्षणहरु !
सहयात्रा टिभी
काठमाडौं । जेठ १८, कोरोना भाइरसको संक्रमण भएका बिरामीमा आँखा, नाक र अनुहार बिगार्ने कालो ढुसीको संक्रमण नेपालमा अहिले केहि मानिसहरुमा पुष्टि भएको छ ।
यदि कुनै व्यक्तिमा कालो ढुसी भएमा अनुहार, मुख, नाक, आखाँ वरिपरि दुख्ने गर्छ भने ज्वरो आउने, आँखा नाक सुन्निने रातो हुने वा दुख्ने, आँखाको ढकनी सुनिने र ढकनी झुक्ने, आँखा धमिलो देख्ने, नाकको वरिपरिको छालाको रंग कालो हुँदै जाने, रगत बग्ने, बाक्लो सिँगान आउने र दाँत दुख्ने वा हल्लिने लक्षण देखिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ ।