कस्तो अचम्म ! मास्क लगाए बढी पैसा तिर्नुपर्ने रेस्टुरेन्ट

काठमाडौं । जेठ १८, अमेरिकाको क्यालिफोर्नियाको एउटा रेस्टुरेन्टमा मास्क लगाएर खाना अर्डर गर्यो भने उक्त ग्राहकले बढी पैसा तिर्नुपर्छ।
यदि मास्क हटाउन अस्वीकार गरेमा ५ डलर थप जरिवाना तिर्नुपर्ने छ । स्थानीय समाचार संस्था एनबीसी बे एरियाका अनुसार मेन्डोसिनो नामक क्यालिफोर्नियाली रेस्टुरेन्टका मालिकले उनको रेस्टुरेन्ट भित्र भित्र मास्क लगाउने ग्राहकहरूलाई दण्डित गर्ने गरेका हुन्।
‘यहाँ मास्क लगाएर खाना अर्डर गर्नेले ५ डलर शुल्क बढी बढी तिर्नु पर्ने छ’ त्यो रेस्टुरेन्टको झ्यालमा लेखिएको छ। उक्त रेस्टुरेन्टले आफ्ना पोस्टहरूमा पनि यो सूचना जारी गरेको छ।
मेडोसिनोमा फिडलहेड्स क्याफेले मास्क लगाएको निरुत्साहित मात्र गर्दैन थप पेनाल्टी पनि लिन्छ। त्यहाँ अर्को सूचना पनि छ जसमा लेखिएको छ, ‘यदि कसैले आफूले खोप लगाएको कुरा गर्व गर्दै बतायो र त्यस्तो कुरा गरेको सुनियो भने त्यस्तालाई थप ५ डलर अतिरिक्त शुल्क लाग्नेछ।’
प्रेस डेमोक्रेटका अनुसार, क्यासलम्यानले विभिन्न स्वास्थ्य आदेशहरू उल्लङ्घन गरेको कारण काउन्टी स्वास्थ्य अधिकारीहरूले उनीबाट १० हजार डलर जरिवाना असुल्दै अस्थायी रूपमा रेस्टुरेन्ट बन्द समेत गरिदिएका थिए। उनलाई अनुहार ढाक्ने फेससिल्ड नलिएको, सामाजिक दूरी कायम नगरेको र कर्मचारीले समेत त्यसको पालना नगरेको आरोप लगाएर त्यस्तो जरिवाना लिइएको थियो।
“म मेरा कामदारहरूलाई केही गर्न भन्दिन”, ‘क्यासलम्यानले भने, “त्यो उनीहरू र काउन्टीको बिचको कुरा हो। यी सबैमा रहेको मेरो अडान भनेको व्यक्तिगत जिम्मेवारी र व्यक्तिगत छनौटको बारेमा हो।” एजेन्सीको साथमा ।