चौधरी उद्योगग्रामको बियर प्लान्ट र गोदाममा आगलागी

काठमाडौँ । जेठ १९, पूर्वी नवलपरासीको देवचुली नगरपालिका २ मा अवस्थित चौधरी उद्योग ग्राममा आगलागी भएको छ । उद्योगको बियर प्लान्ट र गोदाममा आगलागी भएको हो ।

उद्योग प्रशासन प्रमुख दामोदर पौडेलले बुधबार बिहान ८ : २० बजेबाट आगो लाग्न शुरू गरेको र अहिले नियन्त्रण बाहिर रहेको बताए ।
दमकल, नेपाली सेना, प्रहरी र कर्मचारीहरुको सहयोगमा आगो निभाउने प्रयास भइरहेको उनले जानकारी दिए । आगलागीको कारण थाहा हुन नसकेको बताइएको छ ।