मौसम जानकारीः हावाहुरीसहित वर्षाको सम्भावना

सहयात्रा टिभी

काठमाडौं । जेठ १९, राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आजको देशभरका मौसम प्रभावबारे विवरण सार्वजनिक गरेको छ ।

हाल प्रदेश १ लगायत पहाडी भु–भागमा आंशिक बदली र देशका अन्य भू–भागहरु मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिक देखी सामान्य बदली र वाँकी स्थानहरूमा आंशिक बदली रहनेछ ।

त्यस्तै प्रदेश १ लगायत देशका पहाडी भू–भागका थोरै स्थानहरूमा र तराई भु–भागका एक दुइ स्थानमा मेघगर्जन र चट्याङ्ग रहावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ।

राती पनि प्रदेश १ लगायत देशका पहाडी भू–भागहरुमा आंशिक देखी सामान्य बदली रही अन्य स्थानहरूमा आंशिक बदली रहनेछ ।

त्यस्तै प्रदेश १ लगायत पहाडी भु–भागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षा को सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ।

प्रकाशित : 2 June, 2021

प्रतिक्रिया दिनुहोस्