कपालको चाया हटाउने घरेलु उपाय

सहयात्रा टिभी

काठमाडौं । जेठ १९, गर्मी महिनामा छालासम्बन्धी समस्या अलि बढी हुन्छ । त्यसमध्ये एक हो, कपालमा चाया पर्नु । तुलनात्मक रूपमा जाडो महिनामा कपालमा बढी चाया पर्ने समस्या हुन्छ । त्यसको कारण स्काल्प सुक्खा हुनु, कपालको जरा सुक्खा हुनु हो ।

चाया पर्न नदिने हो या परेको चाया हटाउन खोज्ने हो भने जतिसुकै हतार भए पनि साबुन वा स्याम्पु राम्ररी पखाल्न अल्छी गर्नु हुँदैन । यति गर्दा पनि कपालमा चाया पर्न कम भएन भने चाया हटाउने केही घरेलु उपाय पनि छन् । यी उपाय अल्छी नगरी अपनाउने हो भने चायाबाट छुटकारा पाउनुका साथै कपाल पनि स्वस्थ र चम्किलो हुन्छ ।

नरिवलको तेल
नरिवलको तेल शिरको छालाका लागि निकै राम्रो हुन्छ । यसले कपालमा पनि सबै प्रकारका इन्फेक्सन र चाया समाप्त गर्छ । नुहाउनुभन्दा एक रात पहिले नरिवलको तेलले टाउको र कपामा राम्रोसँग मसाज गर्नुस् ।

घ्यु कुमारी
एलोभेरा अर्थात ध्यु कुमारीले पनि चायाको समस्याबाट राहत दिनसक्छ । यसमा रहेका प्रचुर गुणहरुले कपाल र छालालाई पनि धेरै फाइदाजनक छ । यसले छालालाई सुख्खा हुनबाट पनि बचाउँछ । आफ्नो तालुमा एलोभेरा जेल लगाउनुस् र १५ मिनेट सुकाउनुस्, अनि फेरि पानीले धुनुस् ।

दही
हाम्रो तालुलाई शुष्कताबाट बचाउन दहीले पनि महत्वपूर्ण भूमिका खेल्नसक्छ । यसका लागि आफ्नो शिरमा ३० मिनेटसम्म दही लगाएर राख्नुुस् र फेरि शिरलाई धुनुस् । दीका कारण हामीलाई चायाबाट मुक्ती मिल्छ । राम्रो परिणामका लागि तपाईले दहीमा तेल मिलाएर पनि शिर र कपालमा लगाउन सक्नुहुन्छ ।

एप्पल साइडर भिनेगर
एप्पल साइडर भिनेगर तालु चिलाउने समस्याबाट मुक्ति पाउनका लागि राम्रो विकल्प हो । एक चम्चा भिनेगरमा चार चम्चा पानी मिसाउनुस् । त्यसपछि कपासको सहयोगले त्यसलाई तालुमा लगाउनुस् । झन्डै आधा घण्टासम्म त्यसलाई तालुमै रहन दिनुस् र कपाललाई हल्का स्याम्पुले धुनुस् ।

प्रकाशित : 2 June, 2021

प्रतिक्रिया दिनुहोस्