डब्लूएचओबाट अर्को चिनियाँ खोपलाई आपतकालीन प्रयोगको अनुमति
सहयात्रा टिभी
काठमाडौं । जेठ १९, विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले चीनको कम्पनी सिनोभ्याक ले तयार पारेको कोरोना विरूद्धको थप एक खोपलाई अपतकालीन प्रयोगको अनुमति दिएको छ ।
योसँगै अब चीनमा बनेका दुई खोपले अनुमति पाएका छन् । यसअघि डब्लूएचओले चिनियाँ कम्पनी सिनोफार्मले बनाएको खोपलाई प्रयोगको अनुमति दिएको थियो ।