केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सिलिन्डर पड्कदाँ दुई पसल ढले, ३ बच्चासहित ७ को मृत्य

सहयात्रा टिभी

काठमाडौं । जेठ १९, भारतको उत्तर प्रदेशस्थित गोन्डा जिल्लामा मंगलबार राति सिलिन्डर पड्कदाँ दुईवटा पसल जमिनमा ढलेका छन् । यसको भग्नावशेषमा १४ जना पुरिए । प्रहरीले ७ जनाको उद्धार गरेपनि ७ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दुई पूरुष, दुई महिला र तीन बच्चा छन् । घाइते भएकाहरुको अवस्था पनि गम्भीर छ । त्यसैकारण उनीहरुलाई जिल्ला अस्पतालमा प्राथमिक उपचारलगत्तै लखनऊस्थित ट्रमा सेन्टर लगिएको छ ।

युपीका मुख्यमन्त्री योगी आदित्यनाथले प्रभावितहरुलाई तत्कालै उद्धार गर्न र राहत बाँड्न निर्देशन दिएका छन् । त्यस्तै उनले घटनाको उच्च स्तरीय जाँच गर्न पनि आदेश दिएका छन् ।

बिस्फोटमा ढलेका यी दुबै पसल एकआपसमा जोडिएका थिए । स्थानीयका अनुसार टिकरी गाउँ निवासी नुरुल हसनसँग् पटाका बनाउने लाइसेन्स थियो । मंगलबार राती ११ बजे आसपास उनको घरमा बिस्फोट भयो ।

यो यति तेज थियो कि नुरुल हसनको पसलमात्रै नभएर नजिकैको पसल पनि जमिनमा ढल्यो । स्थानीयको सुचनापछि घटनास्थल पुगेको प्रहरीले जेसीबी र पोकलेन मेसिहरुको सहयोगमा भग्नावशेष हटाएर पीडितको उद्धार गरेको थियो ।

स्रोत : दैनिक भास्कर

प्रकाशित : 2 June, 2021

प्रतिक्रिया दिनुहोस्