ट्रयाक्टर दुर्घटना हुँदा एकको मृत्यु

काठमाडौं । जेठ १९, मंगलबार ट्रयाक्टर दुर्घटना हुँदा सोहि ट्रयाक्टर चालक ऋषिङ गाउँपालिका घर भएका २८ वर्षीय भीमबहादुर थापाको मृत्यु भएको छ ।
व्यास नगरपालिका–५ चापघाटबाट झापुटारतर्फ जाँदै गरेको ग १ त २६३२ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई सडकबाट करीब ४० मीटर खस्दा थापाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले बताए ।
मृतक थापाको शव परीक्षणका लागि दमौली अस्पतालको शवगृहमा राखिएको तथा ट्रयाक्टर क्रेनका माध्यमबाट बाहिर निकालिएको बताइएको छ ।