चौधरी ग्रुपले सुरु ग¥यो आफ्नै इन्टरनेट सेवा

सहयात्रा टिभी

काठमाडौं । जेठ १९, टेलिकममा फाइभजी सेवा सुरु गर्न अनुमति नपाएको चौधरी ग्रुप (सीजी)ले मंगलबारदेखि काठमाडौं उपत्यकामा आफ्नै इन्टरनेट सेवा सुचारु गरेको छ ।

ग्रुपअन्तर्गतको सीजी नेटले बजारमा उपलब्ध इन्टरनेट सेवाभन्दा आधा सस्तोमा सीजी नेट सुरु गरेको चौधरी ग्रुपका निर्वान चौधरीले जानकारी दिएका छन् ।

हाल काठमाडौं उपत्यकामा मात्रै लञ्चिङ गरे पनि छिट्टै नेपालभर इन्टरनेट सुविधा उपलब्ध हुने बताए । सबैभन्दा छिटो र सस्तो नाराका साथ इन्टरनेट सेवा सुरु गरेको सीजीले जनाएको छ ।

कम्पनीले १२० एमबीपीएस स्पिडको इन्टरनेट मात्रै ९ सय ९९ रुपैयाँमा उपलब्ध गराउँदै छ । कम्पनीले १२० एमबीपीएसको लागि इन्टरनेटको १ महिनाका लागि ९ सय ९९ रुपैयाँ, ३ महिनाको लागि २ हजार ९ सय ९७ रुपैयाँ, छ महिनाको लागि ५ हजार ९ सय ९४ रुपैयाँ, १ वर्षको लागि ११ हजार ९ सय ८८ रुपैयाँमा इन्टरनेट जडान गर्ने सुुरुवाती अफर गरेको छ ।

त्यस्तै सीजी नेट जडान गर्दा तार र जडान निःशुल्क हुनेछ भने इन्टरनेट जडान गर्दा ५ सय रुपैयाँ रिफन्डेबल डिपोजिट गर्नुपर्छ । १ वर्षको इन्टरनेट जडान गर्दा राउटर फ्रि उपलब्ध हुने कम्पनीले जनाएको छ । १ महिनाको लागि मात्रै जडान गर्नेको लागि महंगो पर्ने कम्पनीले उल्लेख गरेको छ । सिंगल ब्यान्ड राउटर प्रयोग गरे २५ सय र डुअल बेन्ड राउटर प्रयोग गरे ३५ सय रुपैयाँ तिर्नुपर्नेछ । ३ महिनाको लागि इन्टरनेट लिनेले सिंगल बेन्ड राउटरको २ हजार र डुअल बेन्ड राउटरको ३ हजार तिर्नुपर्ने हुन्छ ।

त्यसैगरी ६ महिनाको लागि इन्टरनेट जडान गर्नेले सिंगल बेन्डको १५ सय र डुअल बेन्डको प्रयोग गर्ने भए २५ सय रुपैयाँ तिर्नुपर्ने कम्पनीले बताएको छ । राउटर फिर्ता गरे ५ सय रिफन्डेबल फिर्ता हुने सीजी नेटले जनाएको छ । एजेन्सीको साथमा ।

 

प्रकाशित : 2 June, 2021

प्रतिक्रिया दिनुहोस्