उपत्यकामा १० दिन निषेधाज्ञा थप्ने तयारी

काठमाडौं । जेठ १९, काठमाडौं उपत्यकामा भोली(जेठ २०) गतेदेखि पुन १० दिन निषेधाज्ञा थप गर्ने तयारी भएको छ ।
यसअघि वैशाख १६ गतेदेखि सुरु भएको निषेधाज्ञा थप गर्दै जेठ २० गतेसम्म पुर्याइएको छ । २० गतेपछिको निषेधाज्ञामा किराना पसल विहान ९ बजेसम्म खुला गर्ने र निर्माण सामग्री ओसार पसार गर्ने गाडी रातिको समयमा चल्न दिने तयारी गरेको उपत्यकाका एक प्रमुख जिल्ला अधिकारीले बताए ।