विश्वकप अन्तर्गत नेपालको पहिलो खेल बिहीबार, यस्तो छ तयारी (भिडियो सहित)

काठमाडौं । जेठ १९, विश्वकप छनोटको दोस्रो चरणका खेलहरु बिहीबारबाट सुरु हुँदैछन् ।
नेपालले आफ्नो खेल न्यूट्रल भेन्युमा खेल्दैछ भने नेपालले पहिलो खेलमा चाइनिज ताइपेईसँग परेको छ।
नेपालले जेठ २४ गते जोर्डन र जेठ २८ गते अष्ट्रेलियासँग खेल्दै विश्वकप २०२२ र एसिया कप २०२३ को छनोटको यात्रा सक्नेछ।
त्यस्तै विश्वकप छनोटमा अघिल्लो चरण पुग्ने नेपालको गणितीय सम्भावना मात्र जीवित छ भने बाँकी छनोट खेलबाट नेपालले एसिया कप छनोटको सम्भावना बाँकी छ।
समूह चरणमा नेपाल ३ अंकसहित चौथो स्थानमा रहेको छ। अष्ट्रेलियाको १२ अंक छ भने जोर्डन र कुवेतको समान १० अंक छ।
भिडियोको लागी यो लिकंमा जानुहोला
https://fb.watch/5T3BDnbXrg/