थप ५३१६ जनामा संक्रमण, १०१ जनाको मृत्यु

काठमाडौं । जेठ १९, नेपालमा २४ घण्टामा ५३१६ जना नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा पीसीआर परिक्षणबाट ४५२४ जना र एन्टीजेन परिक्षणबाट ७९२ जना गरि जम्मा ५३१६ जना नयाँ संक्रमित थपिएका हुन् ।
आज थपिएका संक्रमितमध्ये भक्तपुरका १८१ जना, ललितपरका ३०६ काठमाडौंका ९६९ जना रहेका छन् भने मन्त्रालयका अनुसार विगत २४ घण्टामा कोरोनाबाट १०१ जनाको मृत्यु भएको बताईएको छ ।
पछिल्लो २४ घण्टामा ७२१९ जना कोरोनामुक्त भएका छन् । अहिले संक्रिय संक्रमितको संख्या एक लाख १ हजार ९९३ रहेको छ ।