केपी ओली प्रचण्ड माधव नेपाल एमाले


राशिफलः आज जेष्ठ कृष्ण अष्ठमी–भगवान श्रीरामको दर्शन गर्दै दिनको सुरुवात गर्नुहोस् !

सहयात्रा टिभी

काठमाडौं । जेठ २०,

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
शुभचिन्तकहरुको साथ मिल्नेछ । मेहनतले काममा सफलता मिल्नुको साथै नयाँ कामको थालनि गर्न सक्ने अवसर छ । स्वास्थ्यमा ख्याल राख्नु पर्ला ।

बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
खर्च बढ्ने योग छ । काममा केहि बाधा देखिए पनि सफल भने भइनेछ । साथीभाईहरुसँगको भेटले मनमा हर्ष छाउनेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह)
विशिष्ट व्यक्तिहरूसँगको सहकार्यले फाइदा दिलाउनेछ। आम्दानी अरूका हातमा जानाले काममा केही समस्या पर्नेछ। अध्ययनमा मन जाला ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
काममा केहि बाधा तथा चुनौतिहरु देखिन सक्छन् । धैर्यताले सफलता हात पर्नेछ । वैदेशिक क्षेत्रबाट राम्रो आम्दानि हुनेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
भाग्यले पनि साथ दिनेछ र शुभचिन्तकहरूको साथले लक्ष्य प्राप्ति हुनेछ । परिस्थिति अनुकुल रहनेछ । सोचेको काम बन्नेछ ।

कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
परिबन्धले केही झमेला निम्त्याउन सक्छ। स्वास्थ्यमा पनि ध्यान पुर्याउनुहोला । काम गर्दा ध्यान पु¥याउनुहोला ।

तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते)
मन मिल्ने साथी भेटिनाले प्रेमको गाँठो कसिन सक्छ । मिहिनेतले चिताएको काम बन्नेछ । भविष्यको चिन्ताले केहि समय सताउन सक्छ । अध्ययनमा मन जानेछ ।

बृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
वादविवादबाट जोगिनुहोला। आफ्ना गोप्य योजनाहरु सार्वजनिक नगर्नु राम्रो हुनेछ । आफन्तहरुबाट धोका हुन सक्छ, ख्याल गर्नुहोला । सन्तानबाट खुसीको खबर सुन्न पाइएला ।

धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
शिक्षा क्षेत्रमा प्रगति हुनेछ । वैदेशक यात्राको अवसर छ । काम तथा व्यापार व्यवसायमा फाइदा हुनेछ । स्वास्थ्यमा केहि कमजोरि देखिन सक्छ, ध्यान दिनुहोला ।

मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि )
आफन्तहरुको सहयोग मिल्नेछ । सोचेको काम बन्नुको साथै सफलता मिल्नेछ । आम्दानि बढ्नुको साथै केहि खर्च समेत हुने योग छ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द )
परिस्थिति केही असहज बन्ने हुँदा बोली–व्यवहारमा सजग रहनुहोला। सहयोगीहरूले राम्रो साथ दिनेछन्। साइनो गाँस्नेहरुबाट बच्नुहोला ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
प्रतीक्षा गरिएको नतिजा सकारात्मक हुनेछ। अध्ययनमा राम्रो प्रगति हुने देखिन्छ । यात्राको अवसर मिल्न सक्छ ।

प्रकाशित : 3 June, 2021

प्रतिक्रिया दिनुहोस्