सुनको मूल्य वृद्धि

सहयात्रा टिभी

काठमाडौं । जेठ २०, आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुन तोलामा ४०० रुपैयाँले बढेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आज सुन तोलामा ९४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ भने अघिल्लो दिन सुन प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै तेजावी सुन प्रतितोला ९४ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य १५ रुपैयाँले बढेर १ हजार ३७५ रुपैयाँमा कायम रहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बुधबार चाँदी १ हजार ३६० रुपैयाँमा कारोबार भएको थियो।

 

प्रकाशित : 3 June, 2021

प्रतिक्रिया दिनुहोस्