छालाको डरलाग्दा दाग र चाउरीपनालाई एकै छिनमा हटाउने अचुक घरेलु उपाय !
काठमाडौं । जेठ २०, सफा र आकर्षक छाला बनाउने रहर सबैको हुन्छ । यसैकारणले गर्दा मानिसहरु विभिन्न महङ्गा उपचार तथा सौन्दर्य प्रशाधनहरुको प्रयोग गर्ने गर्दछन् ।
जस्ले तपाइँको छालामा भएको दाग, चाउरीपनलाई छिटै हटाइ छालालाई नरम , सफा र चमकदार बनाउँदछ । यो धेरै नै सरल प्राकृतिक उपचार हो । यस फेसमास्कलाई बनाउन धेरै समय पनि लाग्दैन । त्यसैले फेसमास्कलाई छिटै तयार गरी छालाको दाग , घाउ , खटिरा तथा चाउरीपनाबाट छुट्कारा पाउन सक्नुहुन्छ ।
एउटा कचौरामा १ चम्चा दालचीनीको धुलो, १ चम्चा कागतीको रस, १ चम्चा जाइफल र १ चम्चा मह मिसाई बाक्लो मिश्रण बनाउनुहोस् । यदि तपाइँको छाला संवेदनशील छ भने, अलि बढि महलाई मिसाउन सक्नुहुन्छ । महले तपाइँको छालालाई सुनिनबाट बचाउँदछ ।
तर रोसासिया (छाला रातो हुने रोग) भएका मानिसहरुले भने यसको प्रयोग सकेसम्म नगर्नुहोस् । किनकी यसले रक्तनलीलाई झन फराकिलो पार्न सक्दछ । केहि मानिसहरु यसको सट्टामा कमेरो ९ व्हाइट क्ले ० को प्रयोग गर्ने गर्दछन् । यदि मिश्रण धेरै नै बाक्लो भएमा थोरै पानी मिसाउन सक्नुहुन्छ ।
यस फेसमास्कलाई लगाउन भन्दा पहिला आफ्नो मुख साबुनपानीले राम्ररी धुनुहोस् । त्यसपछि तपाइँलाई मनपर्ने मोइस्चराइजरलाई लगाउनुहोस् । यसपछि फेसमास्कलाई छालाको दाग, चाउरी भएको ठाउँमा लगाउनुहोस् ।
यसलाई लगाउनाले तपाइँलाई घोचेको वा चिल्लाएको महशुश भएमा पनि नडराउनुहोस् । यसले झन फेसमास्कले असर गरेको कुरालाई सङ्केत गर्दछ । यस विधिलाई हरेक दिन अपनाउनुहोस् ।