पछिल्लो कोरोना अपडेट: कति भए संक्रमित र कतिको मृत्यु ?

काठमाडौं । जेठ २०, नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ८ सय २५ जनालाई संक्रमण पुष्टि भएको छ ।
आज ५ हजार ९ हजार ४ निको भएका छन् भने ७५ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
हालसम्म नेपालमा ५ लाख ८६ हजार हजार ५ सय ९ जनालाई संक्रमण पुष्टि भएको छ जसमध्ये ४ लाख ६७ हजार ४ सय ६७ जना संक्रमणमुक्त भएका छन् भने ७ हजार ६ सय ३० जनाको मृत्यु भएको छ
अहिले १ लाख १ हजार ८ सय ३९ जना संक्रमित आइसोलेसनमा रहेका छन् । पछिल्लो २४ घण्टामा १८ हजार ५ सय ६२ पीसीआर र ३ हजार २ सय ११ एन्टीजेन परीक्षण भएको छ ।