आजको मौसम जानकारी

सहयात्रा टिभी

काठमाडौं । जेठ २१, राष्ट्रिय जल तथा मौसम पूवानुमान महाशाखाले आजको मौसमको प्रभावबारे सार्वजनिक गरेको छ ।

हाल बागमती प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रहेको छ।

बाकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ भने आज दिउँसो प्रदेश १, प्रदेश २ र बागमी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागहरुमा आंशिक देखी सामान्य बदली रही अन्य स्थानहरूमा सामान्यतया मौसम सफा रहनेछ । पहाडी भू-भागका एक/दुई स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षा को सम्भावना रहेको छ।

त्यस्तै राती भने पहाडी भू–भागहरुमा आंशिक देखी सामान्य बदली रहनेछ र बांकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ का एक दुइ स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षा को सम्भावना रहेको जल तथा मौसम पूवानुमान महाशाखाल जनाएको छ।

प्रकाशित : 4 June, 2021

प्रतिक्रिया दिनुहोस्