ग्यास ११ सय २० रुपैयाँ र चिनी ६३ रुपैयाँमा कहिलेबाट पाईने त ?

सहयात्रा टिभी

काठमाडौं । जेठ २१, सरकारले बजेट भाषणमा घोषणा गरे अनुसार आज(शुक्रबार) बाट साल्ट ट्रेडिङ र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले छुटमा सामान उपलब्ध गराउने भएका छन् ।

यी दुई सरकारी स्वामित्वका संस्थानले बिक्री गर्ने सामग्रीमा २० प्रतिशत छुट दिने जानकारी गराएका छन् । जसअनुसार साल्ट ट्रेडिङले बिक्री गर्ने एसटीसी ग्यास २८० रुपैयाँ घटाएर ११ सय २० रुपैयाँमा बिक्रीवितरण गरिने बताइएको छ ।

चिनी प्रतिकेजी ६३ रुपैयाँ, नुन १६, भटमास तेल १८८ रुपैयाँमा बिक्री हुने साल्ट ट्रेडिङले विज्ञप्तिमार्फत जनाएको छ ।

त्यस्तै, खाद्य संस्था तथा व्यापार कम्पनीले बिक्री गरिने सबै सामानको मूल्य २० प्रतिशत घटाएको जानकारी गराएको छ ।

पिठो र चीन दुई/दुई केजी, भटमास तेल १ लिटर, खाना पकाउने ग्यास १ सिलिन्डर र चामल अधिकतम ३० केजी थ्रेस होल्ड कामय गरिएको छ । किन्ने क्रममा नागरिकता वा सरकारी परिचयपत्रको फोटोकपीलाई अनिवार्य गरीएको छ ।

प्रकाशित : 4 June, 2021

प्रतिक्रिया दिनुहोस्