तोलामा कतिले घट्यो त सुनको मूल्य ?

सहयात्रा टिभी

काठमाडौं । जेठ २१, आज नेपाली बजारमा सुनको मूल्यमा घटेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ९४ हजार ९ सयमा कारोबार भएकोमा आज तोलामा १५ सयले घटेको हो ।

त्यस्तै महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ४ सय रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ९ सय रहेको छ ।

यता, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य बढेर तोलामा १३४० कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित : 4 June, 2021

प्रतिक्रिया दिनुहोस्