कतार एयरवेजको फुकेट उडान पुनःसञ्चालनमा

काठमाडौं । जेठ २१, कतार एयरवेजले अन्तर्राष्ट्रिय हवाई यात्रा पुनः सुरु गर्ने क्रममा १ जुलाईदेखि थाइल्याण्डको प्रसिद्ध गन्तव्यस्थल फुकेटको लागि ४ साप्ताहिक उडानहरू सुरु गर्ने भएको छ ।
त्यस्तै यसका १२ साप्ताहिक बैंकक उडानहरूसँगै एयरलाइन्सले थाइल्याण्डको लागि कुल १६ साप्ताहिक उडानहरू सञ्चालन गर्नेछ भने यसले यात्रुहरूलाई युरोप, मध्यपूर्व र संयुक्त राज्य अमेरिकाबाट यात्रा गर्ने थप सुविधा प्रदान गर्ने बताईएको छ।
छुट्टीका लागि संसारभरका पर्यटकहरूलाई थाइल्याण्डले स्वागत गर्ने यस समय पूर्ण रुपमा खोप लगाएका यात्रुहरूले चाँडै नै फेरि यात्रा गर्न सक्नेछन् जसको क्रममा कतार एयरवेज एवं मध्यपूर्वको एक मात्र पाँचतारे कोभिड–१९ सुरक्षा मापदण्डयुक्त हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा उपलब्ध उत्कृष्ट आतिथ्य र सेवाको लाभ उठाउन सक्ने कम्पनीले बताएको छ । एजेन्सीहरुको साथमा ।