विवाह मण्डपमा बेहुलीको मृत्यु भएपछि सालीसँग बिहे

सहयात्रा टिभी

काठमाडौं । जेठ २१, भारतको उत्तर प्रदेशको इतावाह जिल्लामा पर्ने समासपुरा गाउँमा बिहे समारोहका क्रममा बेहुलीको एक्कासी मृत्यु भयो ।

मृतक बेहुलीको शव एउटा कोठामा राखियो अनि बेहुलीको बहिनीलाई नयाँ बेहुली बनाएर मण्डपमा ल्याई बेहुलासँग बिहे गराइयो ।

इटवाह जिल्लाको नवली गाउँका बेहुलाको नाम मंगेश कुमार हो । समासपुर गाउँकी सुरभी नामकी युवतीसँग बिहीबार उनको बिहे हुन लागेको थियो ।

सुरभीलाई स्वयंवरमा केही असजिलो महसुस भएर बेहोस भई तत्कालै उपचारका लागि स्थानीय अस्पतालमा लगियो । तर अस्पतालमा लगुन्जेल उनको मृत्यु भैसकेको थियो । डाक्टरका अनुसार बेहुलीको हृदयाघातबाट मृत्यु भएको थियो ।

हुनेवाला पत्नीको बिहेकै बेला मृत्यु भएपछि बेहुलालगायत सबैजना शोकमा परे । तर अकस्मात बेहुलाले बेहुलीकी बहिनी अर्थात् सालीसँग बिहे गराइदिएर विवाह कार्यक्रम सम्पन्न गर्न आग्रह गरे ।

अन्ततः बेहुलाकी साली अर्थात् मृतक बेहुलीकी बहिनीलाई नयाँ बेहुली बनाइयो र उनीहरुबीच बिहे गराइयो ।

प्रकाशित : 4 June, 2021

प्रतिक्रिया दिनुहोस्