खाद्यान्नका पसलसँगै वर्कसप खोल्न अनुमती

काठमाडौं । जेठ २१, व्यवसायीले शुक्रबारदेखि अत्यावश्यक खाद्य सामग्रीका पसल बिहान ९ बजेसम्म खोल्न पाउने भएको छ ।
त्यसैगरी अत्यावश्यक वस्तुका पसल खोल्नका लागि दबाब आएपछि जिल्ला प्रशासन काठमाडौंले शुक्रबारदेखि खाद्यान्न, तरकारी, दूध डेरी, मासु, खानेपानी, ग्यास पसल किराना पसल, डिर्पाटमेन्टल स्टोर बिहान ९ बजेसम्म खोल्न पाउने व्यवस्था गरेको बताईएको छ ।
तरकारी तथा फलफूलको थोक बजारमा फुटकर बिक्री गर्न भने प्रतिबन्ध लगाइएको छ । यस्तै सवारी साधन मर्मत गर्नका लागि वर्कसपहरु राती ९ बजेदेखि बिहान ९ बजेटसम्म सञ्चालन गर्न पाइने छ । कोभिड संक्रमण नियन्त्रण गर्नका लागि सरकारले १६ वैशाखदेखि उपत्यकामा निषेधाज्ञा लगाएको थियो ।