अब विश्वको जुनसुकै स्थानबाट नेपालमा होटल बुक गर्न मिल्ने

सहयात्रा टिभी

काठमाडौं । जेठ २१, विश्वका जुनसुकै स्थानबाट नेपालमा होटल बुक गर्न मिल्ने गरी नयाँ एप तयार भएको छ ।

अतिथि गृह डटकमले तयार गरेको उक्त एप एन्ड्रोइड र आईओएस दुबैमा डाउनलोड गर्न सकिने बताईएको छ।

पर्यटन व्यवसायी विश्व पुरी, मेघ आले, मिग्मा डेविड शेर्पा, अजय खड्का र सुजन सुवेदीको समूहले मिलेर यती टेक कम्पनीमार्फत सो एप सञ्चालनमा ल्याएका हुन् ।

त्यस्तै, ग्राहकहरुले होल बुक गर्दा फोन पे, इसेवा वा जुनसुकै देशको मास्टर कार्डबाट पनि पैसा तिर्न सक्नेछन् । भर्खरै मात्र यस एप कम्पनीको लोगो सहितको झण्डा आरोही मिग्मा डेविट शेर्पाद्धारा विश्वको सर्वोच्च शिखर सगरमाथामा पनि फहराइएको छ ।

त्यस्तै होटल बुक गर्नका लागि एन्ड्रोइड र आइओएसबाट ‘अतिथ घर’ नाम एप्लिकेशन मोबाइलमा डाउनलोड गर्नुपर्छ । त्यसपछि एप्लिकेशनमा यूजर नेम र पासवर्ड राख्नुपर्छ । अनि, विभिन्न शहरमा रहेका विभिन्न होटलहरुको विवरण कोठाको मूल्यसहित आउँछ ।

प्रकाशित : 4 June, 2021

प्रतिक्रिया दिनुहोस्