रोकिएको ‘द भ्वाइस अफ नेपाल’मा आजबाट प्रशारण

सहयात्रा टिभी

काठमाडौं । जेठ २१, २ सातासम्म रोकिएको नेपालकै नम्बर १ रियालिटी शो ‘द भ्वाइस अफ नेपाल ३’को प्रशारण आजबाट सुरु हुने भएको छ ।

शोका निर्देशक लक्ष्मण पौडेलले आजबाट निर्धारित समयमा नै शो प्रशारण हुन जानकारी दिए ।

लक्ष्मणले भने–‘हामीले यो साता र आउँदा साताको शुक्रबार नकआउट राउण्ड प्रशारण गर्दछौं । तर, २ साता शनिबार भने नकआउट राउण्डका नयाँ भागहरु प्रशारण हुने छैनन् । २ सातासम्म शनिबार भने रिभ्यू सेसन प्रशारण हुनेछ । त्यसपछि भने शुक्रबार र शनिबार नै नकआउट चरणका भागहरु प्रशारण हुनेछन् ।

त्यस्तै यो शोका ३ जना कोच र केही प्रतिस्पर्धीहरुलाई कोरोना संक्रमण भएपछि शो नै प्रभावित भएको थियो ।

कोच त्रय प्रमोद खरेल, तृष्णा गुरुङ र दीप श्रेष्ठलाई कोरोना संक्रमण पुष्टी भएको थियो । जसमध्ये, प्रमोद र तृष्णा कोरोनामुक्त भैसकेका छन् । दीप श्रेष्ठको भने अस्पतालमा उपचार भैरहेको छ ।

यो शो हरेक शुक्रबार र शनिबार बेलुकी ८ बजेबाट हिमालय टीभी एचडीमा प्रशारण हुँदै आएको छ । एजेन्सीको साथमा ।

 

 

प्रकाशित : 4 June, 2021

प्रतिक्रिया दिनुहोस्