सिरहाको मिर्चैयामा औषधि व्यवसायीमाथि गोली प्रहार

जनकपुरधाम । जेठ २३, सिरहाको मिर्चैयामा एक औषधि व्यवसायीमाथि अज्ञात समूहले गोली चलाएको छ ।
मिर्चेया नगरपालिका वडा नम्बर ५ स्थित सिद्धी मेडिकल हलका सञ्चालक रामसागर साफीमाथि गोली प्रहार गरिएको हो । पसलमा बसिरहेको अवस्थामा शनिबार राति पौने ८ बजेतिर आएको अज्ञात समूहले करिब ४० वर्षका साफीमाथि दुई राउण्ड गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।
दुई राउण्ड गोलीमध्ये साफीलाई एउटा हातमा र अर्को तिघ्रामा लागेको सिरहा प्रहरी प्रमुख एसपी हिराबहादुर पाण्डेले जानकारी दिए ।
गोली प्रहारबाट घाइते भएका साफीको स्थानीय अस्पतालमा उपचार भइरहेको एसपी पाण्डेले बताए ।