मुगुमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ पुग्यो

मुगु । जेठ २३, कोरोना भाइरस बिकट हिमाली जिल्लामा पनि व्यापक रूपमा फैलिरहेको समयमा कोरोनाबाट मृत्यु हुनेको संख्या मुगुमा २ जान पुगेको छ ।
बिहीबार छायानाथ रारा नगरपालिका–२ मा बस्र्ने वर्ष ४० का एक जान पुरुष जिल्ला अस्पताल मुगु ठिनीमा उपचारका लागि पुगेका व्यक्ति कोरोना भाइरसको एन्टिजेन चेकजाँच गर्दा पोजेटिभ देखिएपछि जिल्ला अस्पतालमा रहेका स्वास्थ्यकर्मीबाट उपचार गराउँदा–गराउँदै मृत्यु भएको जिल्ला स्वास्थ्य सेवा कार्यालय मुगुका जन स्वास्थ्य अधिकृत रितिजा रावलले जानकारी दिएकी छन् ।
त्यस्तै मुगुमा कोरोनाबाट पहिलो मृत्यु मंगलबार छायानाथ रारा नगरपालिका–१० बस्र्ने वर्ष ७० का एक जान गरी मुगुमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ पुगेको बताएकी छन् ।