नेहा कक्कडको आज ३२ औं जन्मदिन, “सानैदेखि केही ठुलो काम गर्ने इच्छा थियो”
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । जेठ २३, बलिउडकी चर्चित गायिका नेहा कक्कडले आज आफ्नो ३२ औं जन्मदिन मनाउदैछिन् ।
उनको बुबा सोनु कक्कड स्कुल बाहिर समोसा बेच्थे । यसै कारणले नेहाँको बहिनीलाई उनका कक्षाका साथीले जिस्क्याउँथे । त्यसैले नेहा सानैदेखि केही ठुलो काम गर्ने इच्छा राख्दथिइन् ।
नेहाले बाबुआमाको सहयोगका लागि ५०० रुपैयाँसम्मको आम्दानीमा ४ बर्षको उमेरदेखि धार्मिक उत्सवमा गाउन थालेकी हुन् ।त्यसपछि उनले गायन रियालिटी शो ‘इन्डियन आइडल २’मा भाग लिए पनि बाहिरिएकी थिइन् ।
२००८ मा नेहाको डेब्यु एल्बम ‘नेहा द रकस्टार’ सार्वजनिक भएको थियो । जसमा संगीत मीत ब्रदर्सले दिएका थिए । एल्बममा नेहाले कयौ रोमान्टिक गीत गाएकी थिइन् । उनले बलिउडमा भने फिल्म ‘मीराबाई नट आउट’बाट पहिला राखेकी थिइन् । त्यसपछि उनले ‘यारियां’, ‘क्वीन’, ‘गब्बर इज ब्याक’,‘ सनम रे’ लगायत हिट फिल्ममा गाइन् र निकै चर्चित भइन् ।
हाल नेहाले संसारभर गरेर एक हजार म्युजिक कन्सर्ट गरिसकेकी छन् । उनी एक बलिउड गीतका लागि करिब ८ लाख रुपैयाँ लिन्छिन् ।
त्यस्तै २०१८ मा बलिउड अभिनेता हिमांश कोहलीसँगको ब्रेकअपका कारणले नेहा चर्चामा छाएकी थिइन् । गत बर्ष गायन रियालटी शो ‘इन्डियन आइडल’को दौरानमा शोका होस्ट आदित्य नारायणसँगको उनको जोडी निकै रुचाइएको थियो । सोका कारणले दुबैको बिवाहको हल्ला समेत फैलियो । तर अक्टुबर २०२० मा उनले गायक रोहन प्रीत सिंहसँग विवाह गरेकी छन् । एजेनसीहरुको साथमा ।